नियम १८
परीक्षाको पूर्णाङ्क र उत्तीर्णाङ्क
(१) आयोगबाट लिइने प्रतियोगितात्मक परीक्षाको पूर्णाङ्क देहाय बमोजिम हुनेछ :-
(क) लिखित परीक्षा :
(१)सामान्य परीक्षा -१०० अङ्क,
(२) विषयगत परीक्षा -१०० अङ्क,
(ख) प्रयोगात्मक परीक्षा -२५ अङ्क
(ग) अन्तर्वार्ता -२५ अङ्क ।

(२) उपनियम (१) को खण्ड (क) बमोजिमको सामान्य परीक्षाको उत्तीर्णाङ्क पचास अङ्क, विषयगत परीक्षाको उत्तीर्णाङ्क चालीस अङ्क र खण्ड (ख) बमोजिमको परीक्षाको उत्तीर्णाङ्क दश अङ्क हुनेछ ।

(३) उपनियम (१) को खण्ड (क) को उपखण्ड (१) बमोजिमको सामान्य परीक्षामा उत्तीर्ण हुने उम्मेदवार मात्र सोही खण्डको उपखण्ड (२) बमोजिमको बिषयगत परीक्षामा सहभागी हुन पाउनेछ ।

(४) आयोगले उपनियम (१) को खण्ड (क) बमोजिमको लिखित परीक्षाको नतीजा प्रकाशन गर्दा सामान्य परीक्षामा प्राप्त अङ्कको पचास प्रतिशत र विषयगत परीक्षामा प्राप्त अङ्घ जोडी हुने कुल प्राप्ताङ्को आधारमा गर्नेछ।

(५) उपनियम (१) को खण्ड (क) को उपखण्ड (१) बमोजिमको सामान्य परीक्षाको किसिम वस्तुगत हुनेछ |